सत्ता गठबन्धन बैठक : रामचन्द्र पाैडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन

 संवाददाता    २०७८, २२ चैत्र मंगलवार १२:२८     113 जनाले पढ़िसके



Spread the love

काठमाडौं। सत्ता गठबन्धनको बैठकले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा निर्वाचन अनुगमन र तयारी समिति गठन गरेको छ। मंगलबार प्रधानमन्त्री निवास बालुटारमा बसेको सत्ता गठबन्धनको बैठकले पौडेलेको संयोजकत्वमा उक्त समिति गठन गरेको हो।

समितिका सदस्यहरुमा कांग्रेसबाट महामन्त्री गगन थापा र संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, एकीकृत समाजवादीबाट महासचिव देवुराम भुसाल र उपमहासचिव विजय पौडेल, जसपाबाट अशोक राई र रेणु यादाव तथा जनमोर्चाबाट हिमलाल पुरी सदस्य छन्।

साथै बैठकले सत्तारुढ पाँच दलीय गठबन्धनले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण सफल भएको निष्कर्ष निकालेको छ।
बैठकमा आफ्नो भारत भ्रमणको विषयमा प्रधानमन्त्री देउवाले ब्रिफिङ पनि गरेका छन् ।

बैठकले देशको अर्थतन्त्रको अवस्थालाई ध्यान दिँदै सरकारको तर्फबाट राजनीतिक दल, अर्थविद्, योजनाविद् र सरोकारवाला पक्षसँग एक वृहत् अन्तरक्रियाको आयोजना गर्ने र सुझावको आधारमा ठोस कदम चाल्ने बैठकले निर्णय गरेको छ ।