प्रधानमन्त्री देउवा स्वदेश फिर्ता

 प्रधानमन्त्री     २०७८, २० चैत्र आईतवार २२:२०     119 जनाले पढ़िसके



Spread the love

प्रधानमन्त्री शेरबहादुर देउवा छिमेकी मुलुक भारतको तीन दिवसीय औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएका छन।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उनलाई सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री बालकृष्ण खाँणले स्वागत अभिवादन गरेका थिए । त्यस अवसरमा प्रधानमन्त्रीको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

प्रधानमन्त्री देउवा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणमा गत शुक्रवार भारत भ्रमणमा गएका थिए ।

भ्रमण टोलीमा परराष्ट्र मन्त्री डा. नारायण खड्का, ऊर्जा, जलश्रोत तथा सिँचाई मन्त्री पम्फा भुसाल, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा, कृषि तथा पशुपक्षी विकास मन्त्री महिन्द्र राय यादव, मुख्यसचिव शङ्करदास वैरागी, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवा, परराष्ट्र सचिव भरतराज पौड्याल लगायत सहभागी थिए ।