काठमाडाैँ – परीक्षा दिइरहेका चार जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । चिकित्साशास्त्र अध्ययनका लागि लिइने परीक्षामा नक्कली परीक्षार्थी फेला परेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हाे।
प्रवेश परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेकाे आराेपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
काठमाडौंको बानेश्वरबाट एक जना, बालकुमारीबाट २ र भक्तपुरबाट १ गरी चारजना नक्कली परीक्षार्थी पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडाैँले जनाएकाे छ ।