यी हुन् भूमि आयोगका नवनियुक्त ४३ जिल्लाका अध्यक्ष

 संवाददाता    २०७८, १८ चैत्र शुक्रबार १४:५४     96 जनाले पढ़िसके



Spread the love

सरकारले ४३ जिल्लामा राष्ट्रिय भूमि आयोगका अध्यक्ष नियुक्त गरेको छ।

मन्त्रिपरिषद्को १७ चैतमा बसेको बैठकले भूमि आयोगका जिल्ला अध्यक्ष नियुक्त गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए। शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै प्रवक्ता कार्कीले यस सम्बन्धी जानकारी दिएका हुन्।

यसअघि गत २१ पुसमा बसेको मन्त्रिपरिषद् बैठकले २८ जिल्लामा अध्यक्ष नियुक्त गरेको थियो। अझै ६ जिल्लामा अध्यक्ष नियुक्त गर्न बाँकी नै छ।