काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भ्रमणको सिलसिलामा भारत प्रस्थान गरेका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा शुक्रबार दिउँसो भारत प्रस्थान गरेका हुन् ।प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल नेपाल वायुसेवा निगमको नियमित उडानबाट नयाँदिल्ली प्रस्थान गरेको हो ।
चार मन्त्रीसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै देउवा केहीबेर अघि नयाँदिल्ली प्रस्थान गरेका हुन् ।
प्रधानमन्त्रीलाई सभामुख अग्नि सापकोटा, गृहमन्त्री बालकृष्ण खाँण लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा गएर विदाई गरेका थिए । त्यसअघि उनलाई नेपाली सेनाको टोलीले सम्मानगारत अर्पण गरेको थियो ।

