यसअघि सूचीकरण हुन छुटेका सुकुम्बासीलाई पुन: निवेदन दिन भूमि आयोगको आग्रह

 संवाददाता    २०७८, १८ चैत्र शुक्रबार ०९:२१     97 जनाले पढ़िसके



Spread the love

काठमाण्डाै – राष्ट्रिय भूमि आयोगले यसअघि निवेदन दिन छुटेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र निवेदन दिन सूचना प्रकाशन गरेको छ ।

आयोगले गएको पुस २५ गते ६८ वटा पालिकाका सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निवेदन दिन ३५ दिने सूचना निकालेको थियो । तर २८ वटा पालिकाले विभिन्न कारण देखाएर तोकिएको समयमा लगत संकलन गर्न नसकेको भन्दै पुन: सूचनाको लागि आयोगलाई अनुरोध गरेका थिए ।

आयोगले आज सूचना निकालेर इलाम, झापा, मोरङ, उदयपुर, सप्तरी, सिराहा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवरपरासी, नवलपुर, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका २८ वटा पालिकाका सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई तोकिएको स्थानमा खटिएका लगत संकलक मार्फत ३५ दिनभित्र निवेदन दिन आग्रह गरेको हो । यसअघि नै निवेदन दिएका सुकुम्बासीलाई भने आयोगले जग्गाको निस्सा प्रदान गरिसकेको छ ।