सत्ता गठबन्धनकाे बैठक बस्दै, चुनावी तालमेलकाे बारेमा छलफल

 स्थानीय निर्वाचन २०७९     २०७८, १७ चैत्र बिहीबार १०:२६     460 जनाले पढ़िसके



Spread the love

सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले आसन्न स्थानीय तहकाे निर्वाचनमा आवश्यकताअनुसार गठबन्धन गर्ने निर्णय गरेसँगै आज सत्ता गठबन्धनकाे बैठक बस्दैछ ।

गठबन्धनका दल नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी यसअघि नै स्थानीय तहकाे चुनावमा पनि गठबन्धन गर्नुपर्ने पक्षमा रहेका बेला कांग्रेसले पनि साेही अनुरूपकाे निर्णय गरेपछि अब तालमेलकाे माेडालिटी तय गर्न लागिएकाे हाे ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अहिले केहि बेरमा बस्न लागेको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए ।

३० वैशाखमा स्थानीय तहकाे निर्वाचन तय भएकाे छ ।

कांग्रेस नेता प्रकाशमान सिंहले बुधबार काठमाडाैंमा आयाेजित कार्यक्रममा तालमेलका लागि माेडालिटी तय हुने बताएका थिए ।

तालमेल गर्न नहुने बताइरहेका कांग्रेस नेताहरूप्रति इंगित गर्दै उनले विशेष परिस्थितिमा गठबन्धन बनेकाले निरन्तरता हुने बताएका थिए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि बुधबार चितवनमा पत्रकारसँग कुरा गर्दै सत्ता गठबन्धनको बैठकले चुनावी तालमेल गर्ने निर्णय गर्ने बताएका थिए । फोटो : फाइल