बिमस्टेकको पाँचौं शिखर सम्मेलन आजदेखि कोलोम्बोमा सुरू हुँदै, प्रधानमन्त्रीले भर्चुअल सम्बोधन गर्ने

 प्रधानमन्त्री     २०७८, १६ चैत्र बुधबार १०:०६     99 जनाले पढ़िसके



Spread the love

काठमाण्डाै – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिमस्टेक) को पाँचौं शिखर सम्मेलन आजदेखि श्रीलंकाको राजधानी कोलोम्बोमा सुरू हुँदैछ । सम्मेलनमा आयोजक श्रीलंका, बंगलादेश, भारत, भुटान, नेपाल, थाइल्यान्ड र म्यानमार सहभागी छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारबाट बिमस्टेकको सम्मेलनलाई केहीबेरमा भर्चुअल माध्यममार्फत सम्बोधन गर्नेछन। बिमस्टेक सम्मेलनमा सहभागी हुन भने परराष्ट्र मन्त्री नारायण खड्का श्रीलंकाको राजधानी कोलोम्बो पुगिसकेका छन ।

सदस्य राष्ट्रका विदेशमन्त्री तथा अधिकारी सहभागी सम्मेलनको अध्यक्षता श्रीलंकाका राष्ट्रपति गोटवाया राजापाक्षेले गर्नेछन । आयोजक बाहेक अन्य सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरुले भने सम्मेलनलाई भर्चुअल सम्बोधन गर्ने छन् । बिमस्टेको चौथों शिखर सम्मेलन सन् २०१८ मा काठमाडौंमा भएको थियो ।