काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित पदाधिकारीले मंगलबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।
प्रचण्ड निवास खुमलटार पुगेका नवनिर्वाचित पदाधिकारीलाई उनले बधाइ तथा कार्यकालको शुभकामना व्यक्त गरेको प्रचण्डको निजी सचिवालयले जनाएको छ । एनआरएनएको नेतृत्व चयनमा विवाद देखिएको छ ।प्रचण्डले आफ्ना निवासमा आएका समूहतर्फ नै बहुमत संस्थापकहरु भएकाले आधिकारिकता पाउने समेत दावी गरे ।अप्ठयारोमा पनि नेतृत्व क्षमता देखाएको भन्दै प्रचण्डले उनीहरुको प्रसंसा समेत गरे ।यो एनआएनएको होइन, यो नेपाली जनताको एकतालाई तपाईहरुले दिएको सन्देश हो,’ उनले भने, ‘अप्ठ्यारोको बीचबाट पनि नेपालीहरुले बाटो पहिल्याउन सक्छन् भन्ने एकता र क्षमताको सन्देश छ यसमा । नेपालीहरुले अप्ठ्यारोको बीचमा पनि नेतृत्व क्षमता राख्छन् भन्ने सन्देश यसमा छ ।’