३ दिने भ्रमण सकेर चिनियाँ विदेश मन्त्री वाङ यी स्वदेश फिर्ता

 संवाददाता    २०७८, १३ चैत्र आईतवार १५:१८     350 जनाले पढ़िसके



Spread the love

नेपालको तीनदिने भ्रमण सकेर चिनियाँ विदेश मन्त्री वाङ यी स्वदेश फिर्ता भएका छन्।

आइतबार अपराह्न उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीन प्रस्थान गरेका हुन्। उनलाई त्रिभुवन विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी लगायतले बिदाइ गरेका छन्।

उनी शुक्रबार भारतको नयाँ दिल्ली हुँदै काठमाडौं आएका थिए।

नेपाल बसाइका क्रममा यीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, परराष्ट्र मन्त्री नारायण खड्कासँग शिष्टाचार भेटवार्ता गरेका छन्।

उनको भ्रमणका क्रममा नेपाल र चीनबीच नौ बुँदे समझदारीमा हस्ताक्षर भएको छ। शनिबार समझदारीमा नेपाल-चीन रेलको सम्भाव्यता अध्ययन गर्ने लगायतका विषय रहेका छन्।