खुमलटारमा प्रचण्ड र गृहमन्त्रीबीच भेटवार्ता

 स्थानीय निर्वाचन २०७९     २०७८, १३ चैत्र आईतवार १२:४१     107 जनाले पढ़िसके



Spread the love

काठमाडौं, नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री बालकृष्ण खाणबीच भेटवार्ता भएको छ। आइतबार बिहान खुमलटार पुगेर खाणले प्रचण्डसँग भेटवार्ता गरेका हुन्।

भेटमा समसायिक राजनीतिक अवस्था, स्थानीय तहको निर्वाचन र शान्ति सुरक्षाको अवस्थाबारे छलफल भएको गृहमन्त्री खाणका प्रेस सल्लाहकार मधुसुधन भट्टराईले काठमाडौं प्रेसलाई जानकारी दिएका छन्।

स्थानीय तहको निर्वाचन आउन ४८ दिन मात्रै बाँकी छ । वैशाख ३० गतेका लागि तय भएको निर्वाचनमा सत्तारुढ गठबन्धनमा तालमेलको विषय अझै टुंगो लागेको छै्रन। नेतृत्व तहका नेताहरुले तालमेल गरेर जाने विषयलाई सकारात्मक रुपमा लिएपनि कांग्रेसका दोस्रो पुस्ताका नेताहरुल एक्लै चुनाव लड्ने पक्षमा छन्।

आइतबारको भेटवार्तामा गृहमन्त्री खाण र प्रचण्डबीच गठबन्धनको तालमेलका विषयमा पनि सामान्य छलफल भएको छ। फोटो : फाइल