चिनियाँ विदेशमन्त्री वाङ यी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

 संवाददाता    २०७८, १२ चैत्र शनिबार १९:२७     116 जनाले पढ़िसके



Spread the love

चिनियाँ विदेशमन्त्री वाङ यी र प्रधानमन्त्री शेरबहादुर देउवाबिच भेटवार्ता भएको छ। अहिले साँझ बालुवाटारमा उनीहरूबीच भेट भएको हो। भेटमा परराष्ट्रमन्त्री नारायण खड्का पनि सहभागी भएका छन्। यीले परराष्ट्रमन्त्री खड्कालाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको चाबी हस्तारण गरेका छन्।

चीन सरकारको सहुलियतपूर्ण २२ अर्ब ऋणमा उक्त विमानस्थल निर्माण गरिएको हो।

विमानस्थल निर्माणको ठेक्कासमेत चीन सरकारकै स्वामित्वमा रहेको कम्पनी सिएएमसीईले पाएको थियो। राष्ट्रिय गौरवको आयोजनामा समावेश विमानस्थलको भौतिक प्रगती ९३ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ७४ प्रतिशत पुगेको आयोजनाले जनाएको छ।

नेपाल सरकारले विमानस्थलको काम २०२१ जुलाई १० भित्र सक्ने कार्यादेश चिनियाँ कम्पनी सिएएमसीईलाई दिएको थियो।

कम्पनीले सरकारले दिएको म्यादभन्दा ६ महिना अगावै आयोजना निर्माण गरेर सरकारलाई हस्तान्तरण गर्ने बताउँदै आएको थियो। तर कोभिड–१९ महामारीका कारण आयोजनालाई आवश्यक सामाग्री आयात गर्न लगायतका समस्या थपिएपछि १ वर्ष म्याद थपिएको थियो।

यसअघि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा परराष्ट्र मन्त्री नारायण खड्का र चिनियाँ विदेश मन्त्री वाङ यी नेतृत्वका टोलीबीच द्वीपक्षीय औपचारिक वार्तापछि विभिन्न समझदारी पत्रहरूमा हस्ताक्षर भयो। फोटो : प्रधानमन्त्रीको सचिवालय