घोषणापत्र लेख्न काँग्रेसले बनायो गगन थापालाई संयोजक

 काँग्रेस     २०७८, १० चैत्र बिहीबार २०:११     99 जनाले पढ़िसके



Spread the love

नेपाली काँग्रेसले महामन्त्री गगनकुमार थापालाई “स्थानीय तह निर्वाचन – २०७९, घोषणापत्र तयारी समिति” को संयोजक बनाएको छ । पार्टी सभापति शेर बहादुर देउवाले उनलाई आज सो समितिको संयोजकमा मनोनयन गरेका हुन् । फागुन ३ गते बसेको काँग्रेस केन्द्रीय समितिको बैठकको निर्णय अनुसार देउवाले थापालाई “स्थानीय तह निर्वाचन – २०७९, घोषणापत्र तयारी समिति” को संयोजकमा मनोनयन गरेको काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेल जानकारी गराए । फोटो : फाईल