पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश, जोशीलाई १ लाख धराैटी र तारिख

 संवाददाता    २०७८, १० चैत्र बिहीबार १९:४५     93 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । जिल्ला अदालत तनहुँले, नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका अभिनेता पूर्णविक्रम शाह (पल शाह) लाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
न्यायाधीश हरिषचन्द्र ढुंगानाको इजलासले विहीबार थुनछेक बहस सकिएपछि शाहलाई मुद्दाको छिनोफानो नहुँदासम्मका लागि थुनामा पठाउने आदेश दिएको बताइएको छ। अभिनेता शाहका म्यानेजर कृष्ण जोशीलाई भने १ लाख धराैटी लिइ तारिखमा रिहा गर्न अदालतले आदेश दिएको छ । जोशीले शाहलाई बचाउन झुटा बिबरण दिएको भन्दै नाबालिक किशाेरीका तर्फबाट उनका बुबाले पुरक उजुरी दर्ता गराएका थिए ।

प्रतिवादीद्वय शाह र कृष्ण जोशीको पक्षबाट ११ जना र जाहेरवालाको तर्फबाट ७ जना कानुन व्यवसायीले बहस गरेका थिए । उनीहरुले गरेको बहस विहीबार सकिएपछि अदालतले फैसला गरेको हो ।

एक नाबालिग गायिकाले दिएको जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले शाहविरुद्ध १४ वर्ष कैद सजाय माग गर्दै अदालतमा अभियोग पत्र दर्ता गरेको थियो ।

शाहविरुद्ध पूर्वी नवलपरासी जिल्ला अदालतमा पनि तिनै नाबालिगको उजुरीका आधारमा बलात्कारको मुद्दा दायर भएको छ ।