एमाले बैठक : चैत मसान्तभित्र उम्मेदवार सिफारिश गरिसक्नुपर्ने, एक महिलासहित ३ नाम अनिवार्य

 एमाले     २०७८, १० चैत्र बिहीबार १६:३८     106 जनाले पढ़िसके



Spread the love

नेकपा एमालेले स्थानीय तह निर्वाचनका लागि चैत मसान्तसम्म उम्मेदवार सिफारिश गरिसक्न मातहतका कमिटीहरूलाई निर्देशन दिएको छ ।

पार्टी केन्द्रीय कमिटी बैठकले चैत मसान्तसम्म सबै स्थानीय तहका लागि एक महिलासहित कम्तीमा ३ सम्भावित उम्मेदवारको नाम सिफारिश गरिसक्न मातहतका कमिटीलाई निर्देशन दिएको हो ।

तल्लो कमिटीबाट आएको सिफारिशमा माथिल्लो कमिटीले थपघट गर्नसक्ने निर्णय पनि बिहीवारको बैठकबाट भएको एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

एमालेले यसअघि नै तय गरिसकेको कार्यविधिअनुसार वडाध्यक्षको हकमा वडा कमिटीको प्रस्ताव, पालिका कमिटीको सिफारिशमा जिल्ला कमिटीले निर्णय लिनेछ ।

गाउँपालिका अध्यक्ष र नगर प्रमुखको हकमा पालिका कमिटीको प्रस्ताव र जिल्ला कमिटीको सिफारिशका आधारमा प्रदेश कमिटीले निर्णय लिनेछ ।

महानगरकाे हकमा चाहिँ महानगर कमिटी, जिल्ला र प्रदेशको सिफारिशमा केन्द्रले निर्णय लिनेछ ।