एमालेका कार्यक्रममा अधिकतम पाँच वक्ता, मन्चमा वक्ताहरु मात्र राख्न अध्यक्ष ओलीको निर्देशन

 एमाले     २०७८, १० चैत्र बिहीबार १६:१७     130 जनाले पढ़िसके



Spread the love

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबदेखि पार्टीका औपचारिक कार्यक्रममा वक्ताबाहेक अरुलाई अतिथि आसन ग्रहण नगराइने बताएका छन् ।

केन्द्रीय कमिटी बैठक समापन गर्नुअघि सम्बोधन गर्दै अध्यक्ष ओलीले अतिथि आसनको लर्को लाएर पट्यारलाग्दो कार्यक्रम नगर्न निर्देशन दिए । ओलीले अब पार्टीका सबै कार्यक्रममा अधिकतम पाँचजना वक्ता राख्न समेत निर्देशन दिएको एक केन्द्रीय सदस्य बताए ।

अध्यक्ष ओलीले भने, ‘एउटा कार्यक्रममा पाँचजनासम्म वक्ता राखौं । यसमा व्यक्ति हेरेर होइन नियम नै बनाऔं । खादा मालाको खात लगाउने पनि होइन । नेता भनेको सेवक हो, हाकिम होइन । आफ्नो समाज अनुकूल चल्ने र जनतासँग जोडिने व्यक्ति नेता हो ।’ओलीले आफू सबैको सम्पर्कमा सहज रहेको भन्दै बीचमा थानकोट चेकपोस्ट नरहेको र सीधै भेट्न सबैलाई खुला रहेको बताए ।