सातै प्रदेशबाट भारतीय पर्यटक भित्र्याउन ‘टुरिजम मार्ट’ अभियान सुरु

 संवाददाता    २०७८, ८ चैत्र मंगलवार १७:३७     84 जनाले पढ़िसके



Spread the love

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनन्जय रेग्मीले कोरोना महामारीपछिको पर्यटन प्रवद्धन गर्नको लागि देशका सातै वटा प्रदेशबाट भारतीय पर्यटक भित्र्याउनका लागि आन्तरिक टुरिजम मार्ट सुरु गरिएको बताएका छन् ।

मंगलबार डा.रेग्मीले भारतका विभिन्न सहरका पर्यटन घुम्न आतुर रहेकाले त्यी पर्यटकलाई नेपालको आन्तरिक तथा सीमा क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि टुरिजम मार्टको माध्यमबाट ल्याउने अभियान सुरु गरिएको बताएका हुन् ।

उनले पछिल्लो समय भारतीय पर्यटक नेपाल सरकारको कुनै प्याकेजबिना नै अत्याधिक मात्रामा आउने गरेकाले थप व्यवस्थित बनाएर पर्यटक बढाउनको लागि टुरिजम मार्ट अभियान सुरु गरिएको बताए । कोरोना महामारीपछि भारतीय पर्यटक घुम्नका लागि उपयुक्त गन्तव्य खोजी रहेकाले त्यो गन्तव्य समयमा नै नेपाल बनाउनु पर्ने आवश्यक रहेको डा. रेग्मीले बताए ।

उनले बोर्डले भारतका विभिन्न शहरका टुर अपरेटरहरुसँग सहकार्य गरेर टुर अपरेटरको माध्यमबाट नेपालमा भारतीय पर्यटक बढाउने योजना बनाएको बताए । पछिल्लो समय भारतीय पर्यटक बढ्दै गएकाले सीमावर्ती क्षेत्रमा ठूला ठूला होटल तथा मनोरञ्जन जोनसमेत सञ्चालनमा आएको जानकारी दिए ।