आज दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी मन्त्रिपरिषद् बैठक आह्वान गरिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले जानकारी दिइन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएको तर बैठकका एजेन्डाबारे केही जानकारी नगराएको उनले बताइन् ।
सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्दै आए पनि आज आइतबार बैठक बोलाइएको छ । बैठकमा विभिन्न मन्त्रालयगत एजेन्डामा छलफल गरेर निर्णय गर्ने तयारी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।