प्रधानमन्त्री देउवाले आज खिम्ती सब-स्टेशनको उद्घाटन गर्ने

 प्रधानमन्त्री     २०७८, ५ चैत्र शनिबार ०९:३४     94 जनाले पढ़िसके



Spread the love

प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रिय गौरवको आयोजनाको रुपमा परिचित माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको अवलोकन तथा खिम्ती पावर सब–स्टेसन उद्घाटनका गर्ने भएका छन् । शनिबार प्रधानमन्त्री देउवा बालुवाटारबाट दोलखाको बिगु गाउँपालिकास्थित माथिल्लो तामाकोसी जलविद्युत आयोजनातर्फ हेलिकप्टरमार्फत निस्किएका छन्।

कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको अवलोकन र न्यू खिम्ती सब–स्टेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ । खिम्ती सब–स्टेसन २२०/१३२ केभी क्षमताको केन्द्रीय विद्युत् प्रणालीमा जोडिएको अहिलेसम्मको नेपालकै दोश्रो ठूलो सब–स्टेसन हो ।

न्यू खिम्ती सब–स्टेशनमा ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बिजुली जोडिएको छ । यस्तै ५२ दशमलव ४ मेगावाट क्षमताको लिखु दोस्रो र २४ दशमलव १ मेगावाट क्षमताको लिखु ए जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली जोडिएको छ ।

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको गत असार २१ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।