राष्ट्रपतिद्वारा संसद्को चालु अधिवेशन अन्त्य

 #प्रतिनिधी सभा वैठक     २०७८, १ चैत्र मंगलवार २१:५९     105 जनाले पढ़िसके



Spread the love

काठमाडौं- संघीय संसदको चालु अधिवेशन अन्त्य भएको छ ।

संघीय संसद सचिवालयले एक सूचना जारी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ९३ को उपधारा २ बमोजिम मन्त्रिपरिषद्को चैत १ गतेको सिफारिसमा संघीय संसदको दुवै सदनको चालु अधिवेशन चैत १ गते मंगलबार राति १२ बजेदेखि अन्त्य गरेको जनाएको छ ।

अधिवेशन अन्त्य भएसँगै बुधबारका लागि तोकिएको प्रतिनिधिसभा बैठक र अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको राष्ट्रिय सभाको बैठक अन्त्य भएको संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले जनाएका छन् ।