प्रधानमन्त्री देउवासँग साउदी राजकुमारको भेट

 संवाददाता    २०७८, १ चैत्र मंगलवार १६:३९     124 जनाले पढ़िसके



Spread the love

काठमाडौँ — नेपालको दुई दिने भ्रमणमा रहेका साउदी अरबका राजकुमार तथा विदेशमन्त्री फैसल बिन फरहान अल साउदले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।सोमबार श्रीलंकाबाट नेपाल आइपुगेका साउदी राजकुमार फैसल प्रधानमन्त्री देउवाबीच मंगलबार बालुवाटारमा शिष्टाचार भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।भेटमा आपसी सहकार्य र द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ ।त्यसअघि परराष्ट्रमन्त्री नारायण खड्का र साउदीका विदेशमन्त्रीसमेत रहेका राजकुमार फैसलबीच परराष्ट्र मन्त्रालयमा पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।