काठमाडौँ, ३० फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका सांसद भीम रावलमाथि कटाक्ष गरेका छन्। देउवाले नुवाकोटको किस्पाङ गाउँपालिकाको प्रशासकिय भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेस (एमसीसी)का विषयमा पहिले भीम रावलको दिमाग खुस्किएको थियो रभन्दै प्रश्न गरेका हुन्। ‘एमसीसीमा मैले केही भन्नै पर्ने भो।
संसद्बबाट पास गर्नुपर्ने भो भनेर केपी शर्मा ओलीजी प्रधानमन्त्री हुँदा संसदमा पेस गर्नु भएको हो। त्यसबेला अर्थमन्त्री उहाँकै पार्टीको हुनुहुन्थ्यो,’ आक्रोशीत देखिएका देउवाले भने, ‘भीम रावलजी सबैभन्दा बढी एमसीसीको खिलापमा हुनुहुन्छ। रक्षामन्त्री हुँदा भीम रावलले के हेरर बसे त्यसबेला किन राजीनामा दिएनन् राजीनामा दिनुपर्थ्यो।