निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह विजयी

 संवाददाता    २०७८, ३० फाल्गुन सोमबार ०८:४१     385 जनाले पढ़िसके



Spread the love

काठमाडौं– नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह निर्वाचित भएका छन्।सोमबार बिहान सार्वजनिक मत परिणामअनुसार सिंह नयाँ कार्यकालका लागि पुनः अध्यक्षमा चुनिएका हुन्। महासंघको अध्यक्षका लागि ३ जना प्रतिस्पर्धामा थिए । सिंहका साथै पुराना कार्यसमितिका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे र हुमनाथ कोइराला अध्यक्षको प्रतिस्पर्धामा थिए।त्यस्तै, संघको वरिष्ठ उपाध्यक्ष र महासचिवसमेत सिंह प्यानलबाट चुनिएका छन्। संघको वरिष्ठ उपाध्यक्षमा आङदोर्जी लामा तथा महासचिवमा रोशन दाहाल निर्वाचित भएका हुन्।

संघको प्रदेश १ उपाध्यक्षमा मोहनप्रकाश अधिकारी, मधेश प्रदेश उपाध्यक्षमा शम्भु ठाकुर, बागमती प्रदेश उपाध्यक्षमा बालकृष्ण थापा, गण्डकी प्रदेश उपाध्यक्षमा खिमप्रकाश मल्ल, लुम्बिनी प्रदेश उपाध्यक्षमा टोपबहादुर रायमाझी, कर्णाली प्रदेश उपाध्यक्षमा रत्नबहादुर खड्का र सुदुरपश्चिम प्रदेश उपाध्यक्षमा प्रकाश बहादुर सेठी विजयी भएका छन्।

उपमहासचिव (नीतिगत) मा शिवहरि घिमिरे विजयी भएका छन् भने उपमहासचिव (आन्तरिक) मा नरहरि थपलिया विजयी भए । कोषाध्यक्षमा हिरणकुमार श्रेष्ठ विजयी भए भने सहकोषाध्यक्ष सन्तोष शाह विजयी भएका छन्।