वीरगंजको एक फर्मका कुखुराहरुमा बर्डफ्लु संक्रमण भेटियो, अन्य फर्महरुको पनि अनुगमन गरिने

 संवाददाता    २०७८, २८ फाल्गुन शनिबार ११:५२     112 जनाले पढ़िसके



Spread the love
बीरगन्ज ।
बीरगन्जको एक फर्ममा कुखुराहरुमा बर्डफ्लू संक्रमण भेटिएको छ । बीरगन्ज महानगरपालिका वडा नम्बर १५ भेडियाहीस्थित सागीर अन्सारीले संचालन गरेको पर्सा कुखुरा फर्मका ब्रोइलर कुखुराहरुमा बर्डफ्लू देखिएको हो ।
बर्डफ्लू संक्रमणबाट उक्त कुखुरा फर्ममा रहेका १ हजार ९ सय कुखुरा मरेका छन् भने फर्ममा रहेका अरु कुखुरा र अन्य बस्तुहरुलाई प्रहरीको रोहबारमा शुक्रबार नष्ट गरिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिएका छन ।

प्रवक्ता खनालले जिल्ला पशु क्वारेन्टाइन कार्यालय पर्साबाट पशु डाक्टर हरेराम यादवको नेतृत्वमा फर्ममा रहेका जीउदो ३० वटा कुखुरा, २ हजार पिस अण्डा, ३ सय केजी दाना, ३ हजार थान अण्डाको खाली क्रेट र बर्ड फ्लूका कारण आफै मरेका १९ सय वटा कुखुरा खाल्डोमा पुरेर नष्ट गरिएको छ ।
कुखुराहरु नष्ट गरेपछि फर्मलाई सिल गरिएको छ । सो स्थानमा रहेका अन्य कुखुरा फर्महरुको पनि अनुगमन र परिक्षण गर्ने तयारी भइरहेको उनले जनाएका छन् ।