तरुण दल भोलिको नेपाल चलाउने नेतृत्व हो : नेता प्रदीप पौडल

 काँग्रेस     २०७८, २५ फाल्गुन बुधबार १७:१८     123 जनाले पढ़िसके



Spread the love

दमौली, नेपाली काँग्रेसका नेता तथा केन्द्रीय सदस्य प्रदीप पौडेलले तरुण दल कांग्रेसको लागि लड्ने हतियार मात्र नभइ भोलिको नेपाल चलाउने नेतृत्व भएको बताएका छन् ।नेपाल तरुण दल, तनहुँले आयोजना गरेको आगामी निर्वाचनमा नेपाल तरुण दल तनहुँको भूमिका, नेपाली कांग्रेस तनहुँमा हार्दिकता र एकता विषयको अन्तरक्रियात्मक गोष्ठीमा बोल्दै नेता पौडेलले तरुण दल कांग्रेसको लागि लड्ने हतियार मात्र नभइ भोलिको नेपाल चलाउने नेतृत्व भएको बताएका हुन् ।उनले, सुसंस्कृती तरुण दल आजको आवश्यकता भएको भन्दै बिग्रिएको समाजलाई सहि बाटोमा ल्याउन कांग्रेस पार्टी र त्यसमा पनि तरुण दलले मात्रै सक्ने बताए । पौडेलले भने,‘विधि पद्धत्तिभित्र बसेर औपचारिक बहसमा उभिन तरुण दलको आवश्यकता छ । काँग्रेसलाई बलियो बनाउने हो भने उसको सम्पूर्ण अंग बलियो बन्नु पर्छ ।’उनले कांग्रेसलाई बलियो बनाउनका पार्टीको मेरुदण्ड मानिएको तरुण दलललाई पनि अझै बलियो बनाउनुपर्ने औंल्याए ।