एमसीसीले देशको अर्थतन्त्रमा टेवा पुर्‍याउँछ : प्रकाशमान सिंह

 काँग्रेस     २०७८, २५ फाल्गुन बुधबार १५:१४     511 जनाले पढ़िसके



Spread the love

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले नेपालको अर्थतन्त्रमा टेवा पुर्‍याउने बताएका छन्। काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत शङ्खमूलमा आयोजना गरेको बुथ कार्यसमिति गठन समारोहमा बोल्दै उनले एमसीसी नेपालको हितमा रहेकाले कांग्रेसले प्रतिपक्षमा रहेको बेलामा पनि एमसीसीको वकालत गरेको स्मरण गरे। सिंहले केही दलले एमसीसीका बारेमा राष्ट्रघाती भनेर गलत प्रचार गर्दै हिँडेको भन्दै आपत्ति जनाए। ‘के एमसीसी राष्ट्रघाती भएको भए संसद्‌बाट पारित हुन्थ्यो त?’, सिंहको प्रश्न छ। एमसीसीका बारेमा जनतालाई घरघरमा गएर बुझाउने जिम्मा कांग्रेसको काँधमा आएको उनको भनाइ छ।