काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक पार्टी मुख्यालय सानेपामा शुरु भएको छ। ’गाउँ जाऔँ, कांग्रेस जिताऔँ’ अभियानका लागि काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरूको बैठक बसेको हो। बैठक आसन्न स्थानीय निर्वाचन केन्द्रित छ।
बैठकमा विभिन्न जिल्लाका केन्द्रीय सदस्यहरूले निर्वाचन केन्द्रित विषयमा सभापति शेरबहादुर देउवालाई ब्रिफिङ गरिरहेका छन्।