माओवादी केन्द्रले टुंगो लगायो प्रदेश इन्चार्जहरु, को-को तोकिए ?

 #माओवादी     २०७८, २३ फाल्गुन सोमबार २१:५३     102 जनाले पढ़िसके



Spread the love

काठमाडौं – सत्तारुढ नेकपा माओवादी केन्द्रले प्रदेश इन्चार्जहरु टुंगो लगाएको छ । सोमबार काठमाडौंमा सम्पन्न माओवादीको केन्द्रीय समिति बैठकले प्रदेश इन्चार्जहरु तोकेको हो ।

उक्त बैठकले प्रदेश १ को इन्चार्जमा सुरेन्द्र कार्कीलाई तोकेको छ । यस्तै मधेस प्रदेशको इन्चार्जमा गणेश शाह, बागमती प्रदेशमा हितमान शाक्य र गण्डकी प्रदेशमा हितराज पाण्डे तोकिएका छन् ।

यस्तै लुम्बिनी इन्चार्जमा चक्रपाणि खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा खगराज भट्टलाई तोकिएको छ । यस्तै बैठकमा सम्पर्क समन्वय प्रदेशमा डिलाराम आचार्य र उपत्यका विशेष समन्वय प्रदेशमा लिलामणि पोखरेललाई चयन गरिएको छ।