संसद भवन अगाडि फेला परेको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय

 संवाददाता    २०७८, १६ फाल्गुन सोमबार १३:२२     79 जनाले पढ़िसके



Spread the love

काठमाडौँ- नयाँ बानेश्वरस्थित संसद भवन अगाडिको सडकमा फेला परेको शंकास्पद वस्तु निष्क्रिय पारिएको छ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले सो शंकास्पद वस्तु निष्क्रिय पारेको हो । त्रास फैलाउनका लागि बम भन्दै उक्त कुकर राखिएको महानगरीय प्रहरी कार्यालयले पुष्टि गरेको छ ।एमसीसीको विरोधमा नेत्र विक्रम चन्द ‘विप्लव’ सहितका पाँच राजनीतिक दल र दुई मोर्चाले आज नेपाल बन्दको आयोजना गरेका थिए। सोही क्रममा शंकास्पद बस्तु फेला परेको हो ।