प्रतिनिधिसभाको दोस्रो बैठक सुरु, व्याख्यात्मक टिप्पणी प्रस्तुत गरेर एमसिसीमा मतदान

 संवाददाता    २०७८, १५ फाल्गुन आईतवार १९:५६     108 जनाले पढ़िसके



Spread the love

बहुचर्चित अमरिकी सहयोग परियोजना आज नै संसदबाट पारित गर्ने तयारी अघि बढेको छ । आजै बसेको पहिलो बैठकमा यसबारे सामान्य सैद्धान्तिक छलफल गरेका थिए ।

दोस्रो बैठक सुरु भएको छ । सामान्य छलफल होस भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा सभामुख अग्निप्रसाद सापकोटाले गरिसकेका छन ।

सामान्य छलफलमा सहभागी भएका सांसदहरुले आफ्नो भनाइ राखेपछि अर्थमन्त्री जनार्दन शर्माले त्यसको उत्तर दिएका थिए । आजै बस्ने अर्को बैठकमा एमसिसी सम्झौताको व्याख्यात्मक टिप्पणी प्रस्तुत हुनेछ ।

सो निर्णय गर्नका लागि संसद भवनमै मन्त्रिपरिषद बैठक बसेर एमसिसीको व्याख्यात्मक टिप्पणीको स्वममित्व लिइसकेको छ ।
प्रतिनिधिसभाको दोस्रो बैठकमा मन्त्रिपरिषदको उक्त निर्णय प्रस्तुत गर्ने तयारी छ ।

त्यसपछि एमसिसी सम्झौतामा दफावार छलफल हुने र मतदानको प्रक्रिया सुरु गर्ने तयारी भइरहेको छ । राजनीतिक दलहरुबी एमसिसीमा सहमति जुट्न नसक्दा यसअघिका दुईवटा बैठक स्थगित भएको थियो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने संसदमा विरोध जनाइरहेको छ ।