समाजवादीको सचिवालय बैठक ११ बजे बस्दै

 #नेकपा एकीकृत समाजवादी     २०७८, १५ फाल्गुन आईतवार १०:०७     101 जनाले पढ़िसके



Spread the love

काठमाडौं । अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना अनुमोदन गर्ने विषयमा थप छलफल गर्न नेकपा (एकीकृत समाजवादी)ले सचिवालय बैठक बोलाएको छ ।

सत्तारुढ गठबन्धन दलमा एमसीसीका बारेमा ‘व्याख्यात्मक घोषणा’सहित अनुमोदन गराउन सहमत देखिएपछि नेकपा एसले सचिवालय बैठक बोलाएको हो ।

प्रतिनिधिसभा बैठक अघि विहान ११ बजे बस्ने बैठकले एमसीसी परियोजनाका बारेमा पक्षमा उभिने कि सो परियोजनाका बारेमा विरोध दर्ज गराउँदै अगाडी बढाउन दिने ? भन्ने मध्ये एक विकल्पमा आवश्यक निर्णय लिनेछ ।