बालकोटबाट बाहिरिए देउवा, १४ सांसदलाई पदमुक्त गर्नुपर्ने एमालेकाे अडान कायमै

 संवाददाता    २०७८, १३ फाल्गुन शुक्रबार २१:४४     106 जनाले पढ़िसके



Spread the love

एमसिसी परियोजना विषय पेचिलो बन्दै गएपछि प्रधानमन्त्री शेरबहादुर देउवा दौडधुपमा छन् । सत्तागठबन्धनकै नेताहरु संशोधनबिना एमसिसी पास गर्न तयार नभएपछि देउवा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग नजिकिएका छन् । उनी बारम्बार एमाले अध्यक्ष केपी ओलीसँग भेटवार्तामा छन् ।

आज पनि ओली भेट्न बालकोट पुगेका देउवा भर्खर बाहिरिएका छन् । नेपाली कांग्रेसका शीर्ष नेतासहित बालकोट पुगेका देउवाले एमसीसी परियोजना सबैको सहमतिमा अनुमोदन गर्न प्रस्ताव गरेका थिए ।

प्रधानमन्त्रीले राखेको प्रस्तावमा एमाले अध्यक्ष ओलीले सबैभन्दा पहिला एमालेलाई संसदमा छलफलको लागि आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्नुपर्ने अडान दोहोर्‍याएको सुचना तथा संचारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । एमालेले सभामुखको पनि राजीनामा माग गरेको उनले बताए । प्रधानमन्त्रीले भोली पुनः ओलीसँग छलफल गर्ने जनाइएको छ