काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा सँगको भेटवार्ता सकेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बालुवाटारबाट बाहिरिएका छन्। अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौताको बाँकी संसदीय प्रक्रियाका सन्दर्भमा छलफल गर्न प्रचण्ड शुक्रबार दिउँसो बालुवाटार पुगेका थिए। देउवा र प्रचण्ड बीचको भेटवार्ता चलिरहँदा अर्थमन्त्री जनार्दन शर्मा समेत बालुवाटार पुगेका थिए। देउवा र प्रचण्ड बीचको भेटवार्ता सकिएपछि सत्तारुढ नेपाली कांग्रेसका नेताहरु बालुवाटारमै आन्तरिक छलफलमा जुटेका छन्। प्रधानमन्त्री देउवा सहित कांग्रेस नेताहरुबीच आन्तरिक छलफल चलिरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ।