काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सकिएको छ।
अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता र सहकार्यका विषयमा गरिएको छलफल सकिएको हो।
कांग्रेस र एमालेबीच बिहीबारै भएको यो दोस्रो पटकको छलफल हो। छलफलमा सहभागी हुन एमाले अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र सुवासचन्द्र नेम्वाङलगायतका नेताहरू बालुवाटार पुगेका थिए। एमालेका नेताहरु बालुवाटारबाट बाहिरिएका छन्।
छलफलमा कांग्रेसको तर्फबाट देउवासँगै उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा सहभागी छन्। उनीहरूबीच करिब दुई घण्टा छलफल भएको हो।
यसअघि बिहीबारै एमाले नेताहरूले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट गरेका थिए। तर भेटघाट सकारात्मक नभएको बताइएको छ।
बिहीबारै दिउँसो संसद भवन परिसरमा एमाले र कांग्रेसका नेताहरूबीच छलफल भएको थियो। बिहीबार दिउँसोको छलफलमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्की, कांग्रेस महामन्त्री गगन थापा लगायतका नेताहरू सहभागी थिए।