प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलिबिच वालुवाटारमा भेटवार्ता एमसिसिमा सहमती जुटाउने प्रयास

 संवाददाता    २०७८, १० फाल्गुन मंगलवार २१:०३     86 जनाले पढ़िसके



Spread the love

प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई संसद्मा टेबल भएको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पारित गर्न सघाउन आग्रह गरेका छन्।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा देउवाले एमसीसीमा सघाउन आग्रह गरेका हुन्।

भेटमा सहभागी एमाले उपमहासचिव विष्णु रिमालले भने, “ प्रधानमन्त्रीज्यूले एमसीसी पािरत गर्न सघाउन आग्रह गर्नुभयो, हाम्रो पार्टी अध्यक्षज्यूले पहिला हामीलाई संसद्मा प्रवेश गर्ने वातावरण बनाउनुस् भन्नुभयो।”

आजै दिउँसो ओलीले अमेरिकी राजदूत र्‍‍यान्डी बेरीसँग भेट गरेका थिए।

गत आइतबार टेबल भएको एमसीसीबारे संसदमा आगामी बिहीबार छलफल हुँदैछ।प्रधानमन्त्री देउवा जसरी पनि १६ फागुनअघि नै एमसीसी पारित गर्ने पक्षमा छन्। एमालेले भने एमसीसीबारे आफ्नो आधिकारीक धारणा सार्वजनिक गरेको छैन।पार्टीले कारबाही गरेका १४ जना सांसद्हरू पदमुक्त हुनुपर्ने माग गर्दै लामो समयदेखि एमालेले संसद् अवरूद्ध गर्दै आएको छ। एमालेको संसद् अवरोधकै बीच आइतबार एमसीसी टेबल गरिएको थियो।