एमसीसी विरुद्धकाे प्रदर्शनमा ताेडफाेड भएकाे पसलकाे क्षतिपूर्ति दिन गृहमा पहल गरिने

 संवाददाता    २०७८, १० फाल्गुन मंगलवार १८:१४     432 जनाले पढ़िसके



Spread the love

काठमाण्डाै – अमेरिकी सहयाेग एमसीसी सम्झाैताको विराेधमा भएकाे प्रदर्शनमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा तोडफोड भएको पसलमा सरकारकाे चासो देखिएको छ ।

गएकाे आइतवार एमसीसीविरुद्धकाे प्रदर्शनमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा बुद्धनगरकी जानकी श्रेष्ठको पसलमा क्षति पुगेको थियो । प्रदर्शनकारीहरूले पाँच जना प्रहरीलाई घेरा हालेर ढुङ्गामुढा गर्ने क्रममा श्रेष्ठको पसलमा क्षति पुगेको थियो । प्रहरीलाई बचाउने क्रममा पसलमा क्षति पुगेपछि सरकारले चासो देखाएको हो ।

आज मङ्गलवार काठमाण्डाैका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुदीप गिरी व्यवसायी श्रेष्ठको पसलमा पुगेर निरिक्षण गरेका छन। अनुगमनमा पसलमा भएको क्षतिको विवरण सङ्कलन गर्नुका साथै उचित क्षतिपूर्ति दिनका लागि गृह मन्त्रालयलाई आग्रह गर्नेसमेत आश्वासन दिएको बताईएको छ ।

यसअघि आज नै काठमाण्डाै महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी नेतृत्वको टोली पनि श्रेष्ठको पसलमा पुगेर क्षति विवरण लिएकी थिईन ।