काठमाडौं, माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) दलमा विवाद चुलिएको छ। एमसीसीको कारण पार्टीका नेताहरुले फरक फरक अभिव्यक्ति दिन थालेपछि अध्यक्ष नेपालले आज सचिवालय बैठक बोलाएका छन् ।सम्मानित नेता झलनाथ खनालले एमसीसी टेबुल गर्न दिनेबारे पार्टीमा कुनै निर्णय नभएको अवस्थामा अध्यक्ष नेपालले कसरी गठबन्धनको बैठकमा सहमति गरे ? भन्दै प्रश्न उठाएका छन् । तर, सरकारमा सहभागी मन्त्रीहरुले भने एमसीसी टेबुल गर्न नदिनेबारे पार्टीको स्थायी कमिटी बैठकले निर्णय गरिसकेको दाबी गरेका छन् । यही अवस्थामा आज दिउँसो २ बजे सचिवालय बैठक बोलाईएको प्रवक्ता जगन्नाथ खतिवडाले जनाए ।