पाँच गिद्ध’को ‘तिकडमबाजी सरकार’ धेरै समय नटिक्ने केपी ओलीको दाबी

 संवाददाता    २०७८, ७ फाल्गुन शनिबार १५:४५     98 जनाले पढ़िसके



Spread the love

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको अहिलेको सरकार तिकडमबाजी सरकार भएको बताएका छन्।

भक्तपुरको सूर्यविनायक नगर अस्पतालको उद्घाटन गर्दै अध्यक्ष ओलीले सत्ता गठबन्धनमा रहेका पाँच दललाई गिद्धको संज्ञा दिएका छन्। सत्तारुढ दलहरु कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र जनमोर्चालाई गिद्धको संकेत गरेका हुन्।ओलीले अहिलेको सत्ता गठबन्धनमा पाँच गिद्धहरू रहेका र ती सत्तामा रहुञ्जेल देशहितमा काम नहुने बताए। घरको धुरीमा पनि एउटा कुनै गिद्ध बसेको राम्रो नमानिने भन्दै ओलीले अहिले देशको धुरीमा पाँचओटा गिद्ध बसेको बताए।