गठबन्धनको बैठक अघि प्रचण्ड-नेपालबीच छलफल खुमलटारमा

 संवाददाता    २०७८, ६ फाल्गुन शुक्रबार ०९:३९     92 जनाले पढ़िसके



Spread the love

सत्तारूढ गठबन्धनको बैठक अघि सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी पार्टीले छलफल गरेका छन्।

खुमलटारस्थित प्रचण्ड निवासमा भएको छलफलमा एकीकृत समाजवादीका नेता झलनाथ खनाल र माओवादी नेता जनार्दन शर्मा पनि उपस्थित थिए।

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहायता परियोजना एमसीसी अघि बढाउन दबाब दिएपछि समान धारणा बनाउन दुई दलबीच छलफल भएको हो।

यसअघि बिहिबार साँझ बसेको बैठक टुंगोमा पुग्न नसकेपछि आज १० बजे पुनः सत्तारूढ दलको बैठक बस्दैछ।

बालुवाटारमा हुने बैठकले आज बस्ने संसद बैठकमा एमसिसी के गर्ने भन्ने विषयमा टुंगो लगाउने छ।

एमसिसी सम्झौता अनुमोदन विषयमा सत्ता गठबन्धन दलहरूबीच बिहीबार सहमति नजुटेपछि शुक्रबार बिहान १० बजे फेरि बैठक बस्न लागेको हो।