काठमाडौंको कलंकीस्थित ढुंगेअड्डामा शंकास्पद वस्तु भेटिएपछि सडक अवरुद्ध भएको छ । अहिले उक्त शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गर्ने प्रयास गरिरहेको छ ।
प्रहरीका अनुसार दुईवटा प्रेसर कुकर फेला परेका छन् । अहिले सडक खाली गरेर सेनाको टोलीले निरीक्षण गरिरहेको छ । सो शंकास्पद वस्तु राख्नेहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
अमेरिकी सहयोग परियोजना एमसिसी सदनमा टेबल गर्न नहुने माग राख्दै पछिल्लो केही दिनयता प्रदर्शन बढिरहेको छ । बुधबार त्यसकै विरोधमा नेकपा ‘विप्लव’ समूहसहितका ५ साना दलले नेपाल बन्दको घोषणा पनि गरेका थिए ।