एकीकृत समाजवादी स्थायी कमिटी बैठक भोलि

 #नेकपा एकीकृत समाजवादी     २०७८, ५ फाल्गुन बिहीबार २१:२२     109 जनाले पढ़िसके



Spread the love

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक यही फागुन ७ गते काठमाडौँमा बस्ने भएको छ । बैठकमा देशभर भएको साङ्गठनिक गतिविधिको अवस्था, पछिल्लो समय विकास भएका राजनीतिक घटनाक्रमको समीक्षा, आगामी निर्वाचनमा पार्टीलाई कसरी सफल बनाउनेलगायत विषयमा छलफल गरिने पार्टीका प्रमुख सचेतक एवं सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।

पार्टीको ४५ सदस्य रहेको स्थायी कमिटीले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) तथा प्रधानन्यायाधिश विरुद्धको महाअभियोगका विषयमा समेत बैठकमा छलफल गरी पार्टीले निर्वाह गर्नुपर्ने भूमिकासम्बन्धी कार्ययोजना निर्माण गर्नेछ ।