काठमाडौँ । प्रधान मन्त्री शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट गएका छन् । बिहीबार बसेको सत्ता गठबन्धको बैठकलगतै देउवा ओली निवास बालकोट गएका हुन् ।प्रधान मन्त्रीको सचिवालयका अनुसार गठबन्धनमा अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौतामा सहमति जुट्न नसकेपछि एमालेको सहयोग माग्न देउवा बालकोट गएका हुन् । बालुवाटारमा बसेको गठबन्धनमा रहेका चार दलका शीर्ष नेताको बैठक बिना निष्कर्ष सकिएको थियो ।