नेपाल प्रहरीमा तीनजना एआईजीको दरबन्दी थप्ने सरकारको निर्णय

 संवाददाता    २०७८, ५ फाल्गुन बिहीबार २०:०१     89 जनाले पढ़िसके



Spread the love

काठमाडौँ-सरकारले तीन जना एआइजीको दरबन्दी थप गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले तीन अतिरिक्त प्रहरी महानिरिक्षकको दरबन्दी थप गर्ने निर्णय गरेको हो।

तीन एआईजी थप भएसँगै प्रहरीमा एआईजीको संख्या ८ पुगेको छ । तीन एआईजीका लागि डीआईजीहरू धीरजप्रताप सिंह, उत्तमराज सुवेदी, रविन्द्र धानुक, बसन्त लामा, दिवेश लोहनी, ईश्वरबाबु कार्की,बसन्त पन्त, घनश्याम अर्याल र गणेशबहादुर ऐर दौडमा छन् । कार्की, पन्त, अर्याल र ऐर आईजीपी शैलेश थापा क्षेत्रीका ब्याची हुन् ।