निर्वाचन आयोगले गर्‍यो स्थानीय तह निर्वाचनका लागि दल दर्ता आह्वान

 संवाददाता    २०७८, ४ फाल्गुन बुधबार २०:४७     86 जनाले पढ़िसके



Spread the love

आगामी ३० वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनका लागि दल दर्ता आह्वान गरिएको छ ।

निर्वाचन आयोगले सूचना प्रकाशित गरेर फागुन ५ देखि फागुन १५ गतेसम्म कार्यालय समयभित्र आयोगको कार्यालयमा दल दर्ताका आह्वान गरेको हो ।

प्रवक्ता शालिग्राम शर्मा पौडेलले बुधबार दल दर्ताका लागि निवेदन दिन सूचना प्रकाशित गरेको बताए । दल दर्ताका लागि सार्वजनिक बिदाका दिन पनि कार्यालय खुल्नेछ ।