स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

 #दुर्घटना     २०७८, ४ फाल्गुन बुधबार ०९:१३     98 जनाले पढ़िसके



Spread the love

सर्लाही – सर्लाहीको लालबन्दीमा स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा धनुषाको मिथिला नगरपालिका-६, ढल्केवर बस्ने ६० वर्षीय रामलाल पाख्रिन रहेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । पाख्रिन सवार ज १२ प ३८०३ नम्बरको स्कुटर लालबन्दी नगपालिका-९, स्थित भित्री सडक खण्डमा दुर्घटना भएको इलाका प्रहरी लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिए ।स्कुटर दुर्घटनामा परेर गम्भीर घाइते भएका पाख्रिनको उपचारका क्रममा विराटनगर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ ।