कोटेश्वरबाट ट्याक्सी आगजनी गर्न खोज्ने तीन जना पक्राउ

 संवाददाता    २०७८, ४ फाल्गुन बुधबार ०९:०७     92 जनाले पढ़िसके



Spread the love

काठमाडौं- कोटेश्वरबाट ट्याक्सीमा आगजनी गर्न खोज्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। सरकारले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी संसद्‍मा टेबल गर्ने तयारी गरेसँगै त्यसको विरोधमा आज नेत्रविक्रम चन्द नेतृत्वको नेकपालगायत ६ कम्युनिस्ट पार्टी र मोर्चाले नेपाल बन्द आह्वान गरेका छन्।

र, सोही क्रममा सडक बन्द गराउन हिँडेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। ती मध्ये तीन जनाले कोटेश्वर चोकमा ट्याक्सी जलाउने प्रयास गरेका थिए।

पेट्रोल छर्केर ट्याक्सी जलाउन लागेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी परीसर काठमाडौंका एसपी दिनेशराज मैनालीले काठमाडौंमा बन्दको प्रभाव न्युन देखिएको बताएका छन्।