मन्त्री आलेलाई बदनाम गर्ने षड्यन्त्र भयो : सचिवालय

 #नेकपा एकीकृत समाजवादी     २०७८, ३ फाल्गुन मंगलवार १२:०१     79 जनाले पढ़िसके



Spread the love

काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेलाई उत्तेजित पारेर एक वर्ष अघि गरेको कुराकानीलाई अहिले आएर ‘एडिट’ गरेर भिडियो सार्वजनिक गरेको सचिवालयको आरोप छ । भारतमा बसेर नेपाली नेताहरूलाई लिएर सामाजिक सञ्जालमा असभ्य टिप्पणी गर्दै आएका सुदूरपश्चिम प्रदेशको अछाम घर भई हाल भारतको मुम्बई बस्दै आएका नेकपा एमालेका कार्यकर्ताका रूपमा आफूलाई चिनाउँदै आएका जगत ओलीले निरन्तर रूपमा बल्याकमेल गर्न थालेपछि मन्त्री आलेले उहाँलाई हप्काएको कुरा अहिले आएर चर्चामा ल्याइएको भन्दै मन्त्री आलेको सचिवालयले आपत्ति जनाएको छ ।

एक वर्षअघि आलेसँग भएको संवाद एक वर्षपछि ओलीले सार्वजनिक गरेको पर्यटन मन्त्री आलेका प्रमुख स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिनुभयो । मन्त्री आलेसँग मुम्बईमा बसेर ओलीले ५० लाख रुपैयाँ माग गरेको र अन्तिममा रु २० लाख नदिए भिडियो सार्वजनिक गरिदिने धम्की दिएको रेग्मीको जिकिर छ । निरन्तर रूपमा मन्त्री आले लगायतका नेताहरूका विरुद्ध सामाजिक सञ्जालमा असभ्य टिप्पणी गर्दै आएका ओलीले मन्त्री आलेलाई पटक पटक मानसिक तनाव दिएपछि मन्त्री आलेले उहाँलाई गाली गरेको बताइएको छ ।