सभामुखले आव्हान गरेको सर्वदलीय बैठक एमालेले बहिस्कार गर्ने

 संवाददाता    २०७८, २ फाल्गुन सोमबार ११:२९     99 जनाले पढ़िसके



Spread the love

काठमाडौँ — सभामुख अग्नि प्रसाद सापकोटाले आह्वान गरेको सर्वदलीय बैठकमा प्रतिपक्षी दल एमाले सहभागी नहुने भएको छ । सोमबार दिउँसो २ बजेका लागि सापकोटाले सर्वदलीय बैठक बोलाएका थिए ।

तर एमालेले सभामुखको भूमिका, प्रधानन्यायाधीशविरुद्धको महाअभियोग लगायत कारण देखाउँदै सर्वदलीय बैठकमा नजाने भएको हो । ‘यस्तो अवस्थामा सर्वदलीय बैठकमा कसरी बस्न सकिन्छ र ? न्यायालयमाथि यति गम्भीर निर्णय गर्दा पनि प्रमुख प्रतिपक्षीसँग कुनै सल्लाह छैन । सभामुख ज्यूको त कुरै नगरौं । सरकारको यस्तको भूमिकाका कारण हामी सर्वदलीय बैठकमा बस्न सक्दैनौं,’ एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले भने ।

प्रधानन्यायाधीशविरुद्ध दर्ता गरिएको महाअभियोगलाई उनले सरकारको एकलौटी निर्णय भन्दै त्यसबारे छलफल गर्न एमाले जान नसक्ने बताएका थिए । आजै नै एमाले संसदीय दलको बैठक पनि बानेश्वरमा बस्दैछ ।