सभामुखको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

 संवाददाता    २०७८, २ फाल्गुन सोमबार ०९:३२     100 जनाले पढ़िसके



Spread the love

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आजका लागि सर्वदलीय बैठक आह्वान गरेका छन् । संसद्‌मा प्रतिनिधित्व गर्ने दलका नेतालाई छलफलमा बोलाएका हुन् ।

दिउँसो २ बजे सिंहदरबारस्थित संसद् सचिवालयमा बैठक बस्ने सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।

बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता भने सहभागी हुने/नहुने टुंगो छैन । एमाले सभामुखप्रति रुष्ट छ । एमाले नेताले सभामुखको राजीनामा समेत माग्दै आएका छन् ।