नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सर्वोच्च अदालतमा देखिएको अवराेध प्रक्रियालाई सररु गराउने विशेष व्यवस्था पनि भएकाले त्यहीअनुसार पार्टीका सांसदहरूसहितले प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव संसदमा दर्ता गरिएकाे उनले बताए। यद्यपि त्यस विषयमा पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा विस्तृत छलफल नभएको उनकाे भनाइ छ । बैठकमा यस विषयमा पार्टीका सांसदहरूले जानकारी गराएको तर विस्तृत छलफल भने आजकाे बैठकमा नभएको उनले जानकारी दिए ।
प्रवक्ता महतले भने, ‘महाअभियाेगकाे विषयमा पर्सि हामी प्रस्तावसहित निर्णयमा पुग्छौँ । जनताले न्याय पाउने कुरामा अवराेध हुनुहुँदैन भनेर प्रधानन्यायाधीशविरुद्ध यो प्रस्ताव गएको भन्ने जानकारी आएको छ । त्यस विषयमा अरू थप छलफल पार्टीभित्र भइसकेको छैन । यसबारे फेरि अर्को बैठकमा होला ।’
हिजाे बिहीवारदेखि सुरु भएको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णय पर्सि मङ्गलवार फागुन ३ गते ३ बजे बस्ने बैठकले सार्वजनिक गर्ने कांग्रेसले जनाएको छ । प्रवक्ता महतले एमसीसी संसदमा निर्णयार्थ पेस गर्ने र त्यसका लागि जनमत तयार पार्न देशव्यापी अभियान सञ्चालन गर्ने निष्कर्षमा पनि पार्टी पुगेको बताए । उनले सो सम्झौता संसदबाट पारित गर्न पार्टीका सबै नेताहरू एकमत रहेको पनि बताए ।
प्रवक्ता महतले एमसीसी संसदबाट पारित गराउन आफ्नो पार्टीले पहल गर्ने र त्यसका लागि आवश्यक छलफल पार्टीको संसदीय दलमा पनि गर्ने निर्णय गरिएको बताए।
